दलित समुदायको अधिकार र संरक्षणमा नेपाली काँग्रेस : सांसद रसाईली

प्रकाशित मिति:

रमेश विश्वकर्मा
गुल्मी, प्रतिनिधि सभाका सांसद तथा नेपाल दलित संघका पूर्व महासचिव प्रकाश रसाईलिले दलित समुदायको अधिकार र संरक्षणका लागि नेपाली काँग्रेसले महत्वपूर्ण भूमिका खेलेकोे विचार व्यक्त गर्नुभयो ।  सांसद रसाईलिले गुल्मीको सदरमुकाम तम्घासमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै दलित उत्थानमा नेपाली काँग्रेसले खेलेको भुमिका ७० वर्ष देखि नै समावेशिकरणको सिद्धान्त बमोजिम दलित, जनजाती र महिलाको उत्थानको लागि महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । सांसद रसाईलिले बामपन्थी दल नेपाल कम्युनिष्ट पार्टी नेकपा ले दलित, जनजातिहरुको भोटले निर्वाचन जितेर उनिहरुलाई नै शोषण गरिरहेको आरोप लगाउनुभयो । उहाँले अब बन्ने नेपाली काँग्रेसको विधान नेतामूखि नभई कार्यकर्ता र देशको आवश्यकता बमोजिम अग्रगामी तथा प्रगतिशिल विधान निर्माण हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाली काँग्रेस परिवर्तनको प्रमुख संवाहक भएको दाबी गर्दै ७० वर्षको इतिहाँसमा बामपन्थी दल र पञ्चायति शासन व्यवस्थामा गर्न नसकेको परिवर्तनलाई नेपाली काँग्रेसले शान्तीपूर्ण ढङ्गबाट देशमा परिवर्तन ल्याएको विचार व्यक्त गर्नुभयो ।
बी पी स्मृति भवन तम्घासमा आयोजना गरिएको कार्यक्रममा नेपाली काँग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठ, सचिव खिलध्वज पन्थी, दलित संघ गुल्मीका जिल्लास्थित पदाधिकारीको समेत उपस्थित रहेको थियो ।