१ बर्ष भित्र जिल्लाका सबै उद्योगहरु जिकज्याक प्रविधिमा लैजाने ईट्टा उद्योग ब्यवसायी संघको निर्णय

९ मंसिर २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
9 Shares


लुम्बिनी ईट्टा उद्योग ब्यवसायी संघ, रुपन्देहीले १ बर्ष भित्र जिल्लाका सबै उद्योगहरु जिकज्याक प्रविधिमा लैजाने बताएको छ । संघको मंसिर ६ गते बसेको बैठकले सो निर्णय गरेको हो । लुम्बिनी ईट्टा उद्योग ब्यवसायी संघ, रुपन्देहीको १० औं अधिवेशन तथा २० बार्षिक साधारण सभामा आयोजित कार्यक्रममा संघले अबको १ बर्ष भित्र सबै उद्योगहरु जिकज्याक प्रविधिमा लैजाने बताएको छ । भारत र पाकिस्तानमा जिकज्याक प्रविधिका ईट्टा बाहेक अन्य उद्योग सञ्चालन गर्न नपाउने निर्णय गरे पनि नेपाल सरकार यस बिषयमा मौन बसेको ब्यवसायीहरुको आरोप रहेको छ । यसै कारण पर्यावरणलाई ध्यानमा राख्दै अब रुपन्देहीमा जिकज्याक प्रविधिका ईट्टा उद्योग मात्र सञ्चालन हुनेछन् ।
अहिले पनि ईट्टा उद्योगीहरुको सबै भन्दा ठूलो समस्याको रुपमा कच्चा पदार्थ माटो रहेको बताएका छन । अधिकांश स्थानिय तहहरुले माटोमा धेरै कर लगाएकोले ब्यवसायम मार परेको उनिहरुको भनाई थियो । संघका जिल्ला सचिव अजय कुमार गुप्ताले नेपाल सरकारद्धारा लागु गरिएको श्रम ऐनमा बिदेशी कामदारहरुलाई उद्योगमा काम गराउदा उद्योगले तिर्नु पर्ने कामदार शुल्क ईट्टा उद्योगहरुका लागी अब्यवहारिक भएकोले सो ऐनलाई पुर्नविचार गर्न संघले अनुरोघ गरेको बताए । नेपाली मजदुरहरु ईट्टा उद्योगमा काम गर्न नचाहेको अवश्थामा बाध्यतावश भारतीय मजदुर मार्फत काम गराउन पर्ने भएकोले यो ऐन ईट्टा उद्योगको लागी अब्यवहारिक भएको उनको तर्क थियो ।
बार्षिक साधारण सभाको अवसर पारी संघले बिभिन्न ब्यक्तित्वहरुलाई सम्मानित समेत गरेको थियो । पत्रकार डिआर घिमिरे र खिमानन्द भट्टराईलाई सम्मानित गरिएको थियो । यसै गरि संघका पूर्व अध्यक्षहरु रतन कुमार गुप्ता, संघरत्न बज्राचार्य, महेन्द्र नारायण श्रेष्ठ र हरि प्रसाद अधिकारीलाई समेत सम्मानित गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया