नेपाल तरुण दलको ६५ औ स्थापना दिवस पारेर दोस्रो रनिङ्ग वडा स्तरिय फुटसल प्रतियोगिता शुरु

९ मंसिर २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
8 Shares


नेपाल तरुण दलको ६५ औ स्थापना दिवस पारेर बुटवल उपमहानगरपालिका समितिले आईतबारदेखि दोस्रो रनिङ्ग वडा स्तरिय फुटसल प्रतियोगिता शुरु गरेको छ ।तरुण दल नगर सभापति सुजन पुनको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन गर्दै नेपाली कांग्रेसका नगर सभापति खेलराज पाण्डेयले खेलले नेपालीलाइ जोड्न सक्ने भन्दै कांग्रेसको भबिश्य तरुणको कांधमा रहेको बताउँनु भयो । सो अबसरमा रुपन्देही जिल्ला फुटवल संघका अध्यक्ष दीर्घ बहादुर केसी, राजु गुरुङ्ग,खेल संयोजक सरोज दर्लामी लगायतले बोलेका थिए । प्रतियोगिताको उपाधि विजेतालाई नगद, तथा उपविजेतालाई नगद सहित शिल्ड मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रतियोगितामा २० टीमको सहभागिता रहेको छ । आजको खेलबाट १० टीम अघिल्लो चरणमा प्रबेश गरेका छन् । नेपाल तरुण दल बुटवल उपमहानगर समितिले मिर्गाैला पिडीत बुटवलका मिलन नेपालीलाइ नगद सहयोग गरेको छ । कक्षा ७ मा अध्ययनरत नेपालीलाइ उपचारका लागि उनको बुबालाइ नेपाल तरुण दल बुटवल उपमहानगर समितिले नगद २० हजार प्रदान गरेको हो । बुटवल वडा न ५, सौभाग्य टोलमा बस्ने १५ वर्षिय नेपाली उपचाररत छन् । उनलाइ नेपाली कांग्रेसका नगर सभापति खेलराज पाण्डेय,तरुण दल नगर सभापति सुजन पुन लगायतले रकम हस्तान्तरण गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया