आज सोमवार । हेर्नुहोस् आजको दिन कस्तो छ ?

१० मंसिर २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया
0 Shares


आज विक्रम संवत् २०७५ साल मंसिर महिनाको १० गते सोमबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत मंसिर कृष्णपक्षको तृतीया तिथि विहान ७.५ बजेसम्म रहनेछ । यो महिनाका देवता केशव र मासदेवी विशालाक्षी हुन् । सूर्य वृश्चिक राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । आद्र्रा नक्षत्र दिवा ३.१८ बजेसम्म रहनेछ । आज शुभ योग बब करण रहेको छ । आज सूर्योदय ६.३४ मा छ भने सूर्यास्त बेलुका ५.७ बजे हुनेछ ।

आज चन्द्रमा मिथुन राशिमा छन् । आज सोमबार शिवजीको उपासनासँगै सेता वस्तुको प्रयोग शुभ रहनेछ । यसैगरी आज विहान ७.५ बजेसम्म भद्रा रहनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया