३ महिनाको अवधीमा बढ्यो रेमिट्यान्स

प्रकाशित मिति:

चालू आर्थिक वर्षको ३ महिनामा रेमिट्यान्स बढेको छ भने विदेश जाने घटेका छन् । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा २ खर्ब ४२ अर्ब १७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।प्रमुख रोजगार गन्तव्य मेलेसियामा नेपाली कामदारका लागी केही समय रोक लगाईए पनि डलरको मूल्य बढेपछि रेमिट्यान्स आप्रवाहमा सुधार आएको हो । अघिल्लो वर्षको तुलनामा ३७ प्रतिशतले रेमिट्यान्स आप्रवाह बढेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।चालू आवको तीन महिनामा दुई खर्ब ४२ अर्ब रुपैयाँ बराबरको विप्रेषण आप्रवाह भएको छ । बैंकका अनुसार विप्रेषण आप्रवाह ३७ दशमलव ३ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको यहीअवधिमा विप्रेषण आप्रवाह २ दशमलव ६ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकको प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको तीन महिनामा विदेश जाने घटेका छन् । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या ३६ दशमलव ७ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको यही अवधिमा यस्तो सङ्ख्या २ दशमलव ६ प्रतिशतले घटेको थियो । यस अवधिमा मलेसिया जाने नेपालीको सङ्ख्या उल्लेख्य मात्रामा घटेको छ ।