केपी ओलीमाथि यसरी जाइलागे वामदेव !

प्रकाशित मिति:

काठमाडौं १० मंसिर– नेपाल कम्युनिष्ट पार्टीका २१ केन्द्रीय सदस्यले उठाएका मागमा सचिवालय सदस्य वामदेव गौतमले साथ दिएका छन् ।
बालुवाटारमा बिहीबारदेखि बसेको सचिवालय बैठकमा नेता गौतमले केन्द्रीय सदस्यको मागमा छलफल गर्नुपर्ने अडान राखेका हुन् । गत बुधबार २१ जना केन्द्रीय सदस्यले पार्टी र सरकारको आलोचना गर्दै केन्द्रीय कमिटीको बैठक बोलाउन र पोलिटब्युरो गठनपछि मात्रै केन्द्रीय सदस्यहरुको जिम्मेवारी तथा कार्य विभाजन तोक्न महासचिव विष्णु पौडेलमार्फत अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञानपत्र बुझाएका थिए ।
सचिवालय बैठकमा ती केन्द्रीय सदस्यले उठाएको माग पन्छाउँदै पहिले पोलिटब्युरो गठन कि केन्द्रीय सदस्यको कायैविभाजन भन्नेमा शीर्ष नेताहरुबीच छलफल भएको थियो ।

त्यस क्रममा नेता गौतमले केन्द्रीय सदस्यका माग जायज रहेकाले ती मागउपर सचिवालय बैठकमा छलफल हुनुपर्ने अडान राखेका थिए । नागरिक दैनिकबाट