सांसद मल्लद्धारा संचारमाध्यममा आएका भ्रामक समाचारको खण्डन

प्रकाशित मिति:

गण्डकी प्रदेश सदस्य भागवत प्रकाश मल्लले केही अनालईन मिडिया तथा सामाजिक संजालमा आफ्नो नाम जोडी प्रकाशित समाचार झुटो भएको बताउनुभएको छ । मल्लले स्याङ्जा जिल्ला, पुतलीबजार नगरपालीका वडा न १३ स्थित आंधीखोला किनारमा संचालनमा रहेको विकास योजनामा लगाईएका एक्साभेटर र ट्रिपर ले नदीजन्य पदार्थ उत्खनन र ढुवानी गरेको विषयमा आफ्नो नाम जोडेर भ्रम फैलाईएको र उक्त योजनामा प्रयोग भएका निर्माण सामाग्रीहरु आफ्नो आधिकारिक जिम्मेवारीमा नरहेको जानकारी गराउनुभएको छ । गण्डकी प्रदेशको सांसदमा निर्वाचित भएपश्चात आफु निर्माण व्यवसायमा संलग्न नरहेको समेत प्रष्ट्याउनुभएको छ । उहांले गजिन्द्र निर्माण सेवा मार्फत संचालन भइरहेका कामहरु कम्पनीको माध्यमबाट संचालन भएकाले आफ्नो नाम जोड्नुको औचित्य नरहेको भन्दै आफ्नो राजनितीक र सामाजिक चरित्र हत्या गर्ने गरी छरिएका भ्रमित समाचार निन्दनीय र खेदजनक रहेको विज्ञप्ती जारी गरी उल्लेख गर्नुभएको छ । आफ्नो भनाई नै नराखी एकपक्षीय ढंगले आएका समाचार प्रकाशित गर्ने अनलाईन माध्यमलाई कानुनी उपचारमा गई जवाफ दिने उहांल बताउनुभयो ।