ओलीलाई विश्वासको मत नदिने कांग्रेस संसदीय दलको निर्णय

प्रकाशित मिति:

काठमाडौं, वैशाख २५ ; नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ। शनिबार बसेको संसदीय दलको बैठकले ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको हो । यसअघि कांग्रेसको पदाधिकारी बैठकले पनि ओलीको विश्वासको मतलाई असफल बनाउने निर्णय गरेको थियो।

२१ चैतमा केन्द्रीय कार्यसमितिले गरेको प्रभानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णयलाई पनि संसदीय दल बैठकले अनुमोदन गरेको छ।