एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा सामाजिक अगुवा दिवाकर पाण्डेको बोर्ड अफ डाइरेक्टर्समा उम्मेदवारी

प्रकाशित मिति:

न्युयोर्क, अमेरिका । धादिंगमा जन्मिएर लामो समयदेखी न्यूयोर्कको लंग आइल्याण्डलाई कर्मथलो बनाउँदै आएका सामुदायिक ब्यक्तित्व दिवाकर पाण्डेले एनआरएनए अमेरिकाको आगामी कार्यकाल २०२१-२०२३ का लागि बोर्ड अफ डाइरेक्टर्स (Board of Directors) मा उम्मेदवारी दिएका छन् । नेपालमा रहँदा लामो समय शिक्षण पेशामा संलग्न पाण्डे नेपाल लगायत अमेरीकाका बिभिन्न सामाजिक संघ-संस्थामा सक्रिय रुपमा लागिपरेका सामाजिक अभियन्ता हुन् ।

अमेरिकाको व्यस्त जीवनमा पनि आफुले सकेको समय निकालेर निरन्तर सामाजिक सेवाभावमा लगाउँदै आइरहेका बोर्ड सदस्यका उम्मेदवार पाण्डे धादिंग नेपाली समाज अमेरीकाका निवर्तमान २०१८-२०२१ का अध्यक्ष हुन् । चुवानी प्रचारप्रसारलाई भनदापनि कर्ममा विश्वाश गर्ने सरल, सादगी र सबैका प्यारा दिवाकर पाण्डेको बौदिकता, सामाजिक छवि र सबैसंगको मित्रवत ब्यबहारले आसन्न निर्वाचनमा सहजै जित हाँसिल गर्न सक्ने उम्मेदवारका रुपमा मैदानमा उत्रिएका हुन् । सम्भवतः बोर्ड सदस्य उम्मेदवारहरुमध्ये एक सशक्त उम्मेदवारका रुपमा पाण्डेलाई एनआरएन बृत्तमा हेरिएको छ ।

नेपालमा महाभुकम्प जाँदा अमेरीकास्थित आफु काम गर्ने कम्पनीबाट नेपालमा राहत पठाउन अहम भुमिका बहन गरेका पाण्डेले त्यतिबेला उक्त सहयोग रकममा आफनो तर्फबाट थप गरी अन्य साथीहरूसँग हातेमालो गर्दै तत्कालीन आगिंचोक गाविस को १,२ र ३ वडामा रहेका संपूर्ण ३ सय ३६ घरधुरीलाई यथेष्ट मात्रामा खाधान राहत प्रदान गरेर उपकारी काम गरेका थिए । न्युयोर्क केन्द्रित विभिन्न संघसंस्थामा रहेर सामाजिक काम गर्दै आएका पाण्डे सन २०१८ देखि धादिंग नेपाली समाज अमेरिकाको अध्यक्ष रहेर महामारी कोरोनाका बेला चलायमान भएर काम गर्ने सामाजिक ब्यक्तित्व हुन् । महामारीको जोखिममा पनि समुदायमा प्रभावित परिवारहरूलाई हर तरहले सहयोग गरी उल्लेखनिय भुमिका निर्वाह गर्नुभएका पाण्डेले समाजसेवामा महत्वपूर्ण भुमिका प्रदान गरेकै कारण New York City लगायत अन्य निकाय तथा संस्थाबाट बिशेष सम्मान पाएका छन् । NRNA को आजीवन सदस्य हुन, दिवाकर पाण्डे ।

आगामी २०२१-२०२३ कार्यकालको लागी बोर्ड सदस्य (बोर्ड अफ डाइरेक्टर्स) मा उम्मेदवारी दिएका पाण्डेले एनआरएनलाई सम्पूर्ण नेपालीहरूको पहुँच पुग्न सक्ने साझा संस्थाको रूपमा विकास गरी संस्थाप्रतिको आकर्षण वढाउन विभिन्न कार्यक्रम संचालन गर्ने र अमेरीकामा स्थापित अन्य संघसंस्थाहरूका विच समन्वय गरी सहकार्य गर्ने प्रतिबद्धता गर्दै सबैलाई यस महान अभियानमा साथ दिन अपिल गरेका छन् । निर्वाचनको समयमा मात्र होईन दुःख,पिडा अनि अप्ठ्याराहरूमा पनि संगै सारथी बन्ने प्रण गर्दै प्रचारप्रसारमा भन्दा कर्ममा विश्वाश गर्न सवै अमेरीकाबासी नेपालीमा अनुरोधका साथ मतदान गरि सहयोग गर्न अनुरोध गरेका छन् । जय एनआरएनए ||