सुदृढ र पारदर्शी एनआरएनको योजना बोकेका कृष्ण जिवी पन्थको बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी

प्रकाशित मिति:

अमेरिका । बर्तमान कार्यकाल २०१९ २०२१ म सबैभन्दा बढी मत ल्याएर उपाध्यक्षमा निर्वाचन जितेका कृष्ण जिवी पन्थले संस्था सुदृढिकरण र एनआरएन अमेरिकालाई संसारकै नमुना एनसिसि बनाउन आगामी २०२१ २०२३ कार्यकालका लागि बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । युवा जोश, योजना र अठोटका साथ गतिशील पाइला अघि बढाइरहेका उम्मेदवार पन्थको एकमात्र सर्वोपरि उद्धेश्य भनेको एनसिसि अमेरिकालाई सबै नेपालीको पहँचमा लैजाने र जे जति योजना तथा कार्यसम्पादन हुन्छन त्यसलाई पारदर्शी बनाउने रहेको छ । स्मरण रहोस, बहुमत सदस्यसहित एनआरएन डेलिगेट्स छनौट र प्रक्रियामा मनोमानी भएको भन्दै तिब्र असहमति जनाउँदै नोट अफ डिसेन्ट लेख्ने पन्थ नै पहिलो उच्च बोर्ड पदाधिकारी हुन् ।

एनआरएन बृत्तमा योजना, भिजन र काम गर्ने क्षमता राख्छन, पन्थ । उक्त कार्यलाई भरपुर साथ दिएको छ सहयोगी परिवार, आर्थिक सम्पन्नता र समय ब्यबस्थापनले । उनी पदलोलुपतामा बिश्वास गर्दैनन् मात्र चाहना र अठोट बोकेका छन संस्थागत नीति बलियो अनि प्रभावकारी कार्यान्वयन र पारदर्शिता । यसका लागि सदस्यता बिस्तारदेखि एनआरएन अभियानबारे जागरुकता र उत्प्रेरणा जगाउने काममा हरहमेशा लाग्दै आएका छन् । कृष्ण जिवी पन्थ – बरिष्ठ उपाध्यक्ष – अहिले अमेरिकाबासी नेपाली सचेत र जागरुक भईसकेका छन, बरिष्ठ उपाध्यक्षका उम्मेदवार कृष्ण जिवी पन्थले रुपान्तरणलाई भने, को संस्थाको नेतृत्व गर्न सक्षम छन, कोसंग भिजन छ, कस्ले संस्थाका लागि न्याय गर्न सक्छ सबै मतदाताले उम्मेदवारका कुण्डली पढिसकेका छन् । हिजोको दिनमा कस्ले के गरे, एनआरएन अमेरीका कुन अवस्थामा पुग्यो सबैमाझ छर्लंग छ । अहिले निर्वाचनको माहोल गरमागरम छ । उम्मेदवारहरु देश दौडाहामा छन् । अमेरिकाका प्रमुख राज्य तथा शहरहरु अहिले एनआरएनमय बनेको छ । सामाजिक संजालहरु पोष्टर, प्mलायर तथा एनआरएनका बिषयले भरिएका छन् । एउटा सामाजिक संस्थामा यो खालको आकर्षण बढ्नु सुखद पाटो हो तर यो दौडाई, असिमित खर्च र समुहगत लडाँईले एनआरएन अमेरिकालाई गतिशिल र बलियो बनाउनु भन्दापनि कमजोर र अझ खस्काउने हो कि भन्ने चिन्ताले पन्थलाई गाँजेको छ । उनले भने, -यो अनुत्पादक खर्च एनआरएनको कुनै बिशेष प्रोजेक्टमा लगाउन सकेको भए हाम्रो एनआरएन अझ बलियो हुन्थ्यो ।

कृष्ण जिवी पन्थ – बरिष्ठ उपाध्यक्ष- बिश्वब्यापी महामारीले आक्रान्त बनाइरहेका बेला हिजोमात्र कार्यसमितीको बैठकले नेपालमा अक्सिजन आपुर्ति र कोभिड १९ का संक्रमितलाई उपचार गर्न ५० हजार डलर र गोफन्डमीबाट संकलित ३० हजार डलर गरि जम्मा ८० हजार डलर आपतकालिन कोषबाट दिन पाउँदा सिंगो एनआरएन अमेरिकासंगै उम्मेदवार पन्थ अति हर्षित छन् । हो, यस्तै काम र सामाजिक सेवा गर्न एनआरएन अग्रसर हुनुपर्छ भन्ने नै मेरो मान्यता हो । यसका लागि कृष्ण जिवी पन्थ सदैव तयार छ । चुनावी माहोलमा सबै नेपालीमाझ पुगेर बिद्यमान अवस्था, समस्या र एनआरएनले गर्नुपर्ने कामबारे पन्थले लामै फेहरिस्त बनाइरहेका छन् । चुनावी दौरानमा न्युयोर्क, क्यालिफोर्निया, मेरील्याण्ड, शिकागो, टेक्सास, बोस्टन, नर्थ क्यारोलिना, भर्जिनिया लगायतका राज्यमा पुगिसकेका पन्थ अझै अन्य राज्यमा पुग्ने क्रममा छन् । यात्राका क्रममा उम्मेदवारी भन्दापनि जनभावना संकलन गरिरहेका बरिष्ठ उपाध्यक्ष कृष्ण जिवी पन्थले सबैको साझा संस्था एनआरएन अभियानमा आफुले गरेका काम, योगदान र संस्थाका सवालमा अघि सारेका योजनालाई मुल्यांकन गरेर आम अमेरिकाबासी नेपालीले यथेष्ट सहयोग गर्ने बिश्वास लिएका छन् ।