कोरोना विशेष अस्पतालमा थप एक जनाको मृत्यु

प्रकाशित मिति:

रुपन्देहीको बुटवल स्थित कोरोना विशेष अस्पतालमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा, ५ का ४८ वर्षीय पुरुष रहेका छन् । वैशाख १२ गते अस्पताल भर्ना भएका उनको गएराती ११ बजेर ४० मिनेटमा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । उनका अनुसार मृतकको ३ पटकसम्म कोरोना परिक्षण गर्दा नतिा पोजेटिभ आइरहेको र श्वासप्रश्वासमा समस्या रही निमोनिया समेत रहेको थियो ।