प्रधानमन्त्रिका प्रेस सल्लाहकार र प्रमुख स्वकीय सचिवलाई पुन : कोरोना

प्रकाशित मिति:

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारीलाई फेरि कोरोना संक्रमण देखिएको छ।पिसिआर परीक्षणका क्रममा आफूहरुसहित स्वकीय उपसचिव रुपेश आचार्यलाई पनि सङ्क्रमण देखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जानकारी दिए। यसअघि पनि थापा र भण्डारीलाई संक्रमण देखिएको थियो। शुक्रबार प्रधानमन्त्रीसहित उनका स्वकीय र निजी सचिवालय तथा सुरक्षा निकाय र चालक दलका सयभन्दा बढीको पिसिआर परीक्षण गरिएको थियो। परीक्षणका क्रममा प्रधानमन्त्री ओलीलाई भने संक्रमण नदेखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले जानकारी दिए। (रासस)