पत्रकार दिनेश दाहालको कोरोना संक्रमणबाट निधन

प्रकाशित मिति:

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य दिनेश दाहालको कोरोना संक्रमणबाट निधन भएको छ । वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएका दाहालको ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा उपचारको क्रममा शनिबार निधन भएको नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले जनाएको छ ।

विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय दाहालले जनप्रहार साप्ताहिकमा लामो समयसम्म सम्पादकका रुपमा काम गरेका थिए। पत्रकार दाहाल पछिल्लो समय सिपोस्ट न्यूज डटकमका सम्पादकरप्रकाशकका रुपमा पत्रकारितामा सक्रिय थिए । स्वर्गीय दाहालका श्रीमती, एक छोरा र एक छोरी छन् ।उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको नेपाल पत्रकार महासंघले जनाएको छ। महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।