कोरोना विशेष अस्पतालमा थप एक जनाको मृत्यु

प्रकाशित मिति:

रुपन्देहीको बुटवल स्थित कोरोना विशेष अस्पतालमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल १४ की ५२ वर्षीया महिला रहेकी छन् । वैशाख १५ गते भर्ना भएकी महिलाको आइतबार बिहान ७ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । उनका अनुसार मृतकलाई श्वासप्रश्वासमा समस्या रही निमोनिया समेत रहेको थियो ।