नेफिन जापान, क्युस्यु क्षेत्रिय कार्यसमितिको तेस्रो महाधिबेशन मे २२ मा, सल्लाहकार श्रेष्ठको संयोजकत्वमा निर्वाचन कमिटि गठन

प्रकाशित मिति:

नेपाल आदिबासी जनजाती महासंघ, क्युस्यु क्षेत्रिय कार्यसमिति फुकुओका, जापानको तेस्रो महाधिबेशन यहि मे महिनाको २२ तारिक शनिबार गर्ने भएको छ । क्युस्यु क्षेत्रिय कार्यसमितिको हिजो बसेको कार्यसमितिको बैठकबाट मे २२ तारिक शनिबार जुम भर्चुअल माध्यमबाट गर्ने निर्णय गरेको अध्यक्ष भिम बहादुर गुरुङ्ग ज्युले जानकारी गराउनुभयो ।

संस्थाको अध्यक्ष भिम बहादुर गुरुङ्गको अध्यक्षतामा कोरोना संक्रमणका कारण भौतिक रुपमा उपस्थित भई मिटिङ्ग तथा कार्यक्रम गर्न सम्भब नभए पछि भर्चुअल माध्यमबाट बसेको कार्यसमितिको मिटिङ्गबाट मे २२ तारिक शनिबार गर्ने गरि नेपाल आदिबासी जनजाती महासंघ, क्युस्यु क्षेत्रिय कार्यसमितिका सल्लाहकार तथा गैर आवासीय नेपाली संघका केन्द्रिय सदस्य रामकृष्ण श्रेष्ठ ज्युको अध्यक्षतामा ५ सदस्यीय महाधिबेशन निर्वाचन कार्यसमिति गठन गरेको छ । उक्त निर्वाचन कार्यसमितिमा संयोजक रामकृष्ण श्रेष्ठ, सदस्यहरुमा सुपेन्द्र घिसिङ्ग, हस्त लामा, प्रदिप श्रेष्ठ र भिम बहादुर गुरुङ्ग रहेका छन ।

नेपाल आदिबासी जनजाती महासंघ, क्युस्यु क्षेत्रिय कार्यसमितिको तेस्रो अधिबेशन सब्य भब्यर बिधिसम्वत रुपमा सम्पन्न गर्नको लागि निर्वाचन कार्यविधि निर्माण गर्नको लागि ३ सदस्यीय निर्वाचन तथा शुल्क निर्धारण कार्यबिधि निर्माण कमिटि निर्माण गरिएको छ । उक्त कमिटिमा अध्यक्ष भिम बहादुर संयोजक, महासचिब रोषन राई र सचिब सन्तमान शाक्य सदस्यको ३ सदस्यीय कमिटि निर्माण गरिएको हो । उक्त कार्यसमितिलाई निर्वाचन कार्यबिधि तथा उम्मेद्धारी शुल्क निर्धारणको जिम्मेवारी समेत दिईएको अध्यक्ष भिमबहादुर गुरुङ्गले जानकारी गराउनु भयो ।

नेपाल आदिबासी जनजाती महासंघको तेस्रो महाधिबेशनले सक्षम नेतृत्व चयन गर्ने समेत अध्यक्ष गुरुङ्गले बिश्वास ब्यक्त गर्नुभयो । आगामी महाधिबेशनबाट क्युस्यु क्षेत्रमा बसोबास गर्ने सम्पुर्ण जनजातीहरुको प्रतिनिधित्व समानता र समानुपातिकताको आधारमा नयाँ कार्यसमिति चयन हुने पनि बताउनु भयो । निर्वाचन सम्बन्धि अन्य जानकारी निर्वाचन कार्यसमितिले निर्धारण गर्ने र उक्त जानकारी पछि प्रेस बिज्ञप्ति मार्फत जानकारी दिने समेत जानकारी गराउनु भयो ।