अध्यक्षका प्रत्यासी कृष्ण लामिछाने टिमको बेटेन्डोर्फ, आयोवामा भब्य कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाका अध्यक्षका उम्मेदवार कृष्ण लामिछाने टिमले बेटेन्डोर्फ, आयोवामा भब्य कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा स्थानीय तथा मतदाताहरुको बाक्लो सहभागिता थियो । उत्साहीत स्थानीयले कृष्ण लामिछाने टिमलाई आफूहरुको पूर्ण समर्थन रहेको बताएका थिए ।

सो अवसरमा अध्यक्षका उम्मेदवार लामिछानेले एनसिसी अमेरिकामा मौलाएको चरम बेथिति, अराजकता, गलत प्रवृत्तिलाई हत्य गर्दै उदाहरणीय र नमूना एसिसी निर्माण गर्ने उद्देश्यले आफूहरु अगाडि बढेको स्पष्ट पार्नुभयो । उहाँले अमेरिकामा बसेर पनि तल्लो स्तरको संस्कार र परिपाटी कायम रहेकोमा चिन्ता ब्यक्त गर्दै आफ्नो नेतृत्वको टिमले जितेसँगै सबै विकृति र विसगतिलाई ब्यापक परिवर्तन गरिछाड्ने अठोट ब्यक्त गर्नुभयो । छोटो समयको सुचना र ब्यस्तताको बिच तपाईहरुसंगको सामिप्यताले हाम्रो यात्राको मार्गलाई फराकिलो बनाएको छ। धेरै साथीहरु, आमाबुवा, दिदीबहिनी र दाजुभाईलाई भेट्ने चाहानालाई पुरागर्न म फेरी छिट्टै तपाईहरुको शहरमा आउने नै छु। यो भेटघाट र छलफलको क्रममा भेट्न नभ्याएकोमा म पुर्णत क्षमा याचना गर्दै यहॉंहरु सबैका प्रति आभार तथा हार्दिक धन्यवाद ब्यक्त गर्दछु’, उहाँले भन्नुभयो ।

कार्यक्रममा आइसिसी सदस्य प्रमोद सिटौला, आइसिसी मानार्थ सदस्य राधेश पण्डित, कृष्ण लामछिाने टिमबाट वरिष्ठ उपाध्यक्षका उम्मेदवार कृष्णजीवी पन्थ, उपाध्यक्षका उम्मेदवार विकास उप्रेत्ति, चन्द्र लामा, महासचिवका उम्मेदवार बिनोद भट्ट, सचिवका उम्मेदवार द्रोण गौतम, महिला संयोजकको उम्मेदवार सुनिता खत्री, बोर्ड अफ डाईरेक्टरका उम्मेदवार कमल सापकोटा र बाबु सुवेदी, वर्तमान बोर्ड अफ डाइरेक्टर तथा आइसिसी सदस्यका उम्मेदवार सत्य नारायण चौधरी, आइसिसी सदस्य उम्मेदवार महेन्द्र बस्नेत, आइसिसी सदस्य उम्मेदवार प्रिती खत्री, कन्सास च्याप्टरका सभापति फिलिप केसी, आइएल च्याप्टरका संस्थापक सभपाति सुमन वस्ती र भर्जीनिया च्याप्टरका संस्थापक सभापति मुक्ती दुवाडीलगायतको सहभागिता थियो ।