अचानक नेकपा केन्द्रीय सचिवालय बैठक स्थगित

प्रकाशित मिति:

काठमाडौं १० मंसिर – आज बिहान ९ बजे बस्ने भनिएको नेकपा केन्द्रीय सचिवालयको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ ।
गत शनिबार बसेको सचिवालयको बैठकले आज बैठक बस्ने र केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुङ्ग्याउने सहमति गरेको थियो ।

बैठक अकस्मात स्थगित गरिएको जनाइएको छ । आजको बैठक भोलिका लागि तय गरिएको छ, तर समय चाहिँ यकिन गरिएको छैन् ।

केन्द्रीय सदस्यहरुको कार्यविभाजन तय गर्ने अन्तिम तरखरमा रहेको नेकपाले प्रदेश कमिटीलाई पूर्णता दिनपनि अन्तिम तयारी गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा र महासचिव बिष्णु पौडेलले तयार पारेको यस सम्बन्धी प्रतिवेदनलाई सचिवालयले भोलि अन्तिम रुप दिनेछ