माधव रेग्मी लोकसेवा आयोगको अध्यक्षमा सिफारिस

प्रकाशित मिति:

काठमाडौं, वैशाख २६ : संवैधानिक परिषदले लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई सिफारिस गरेको छ। आइतबार बसेको परिषद् बैठकले पूर्वसचिव रेग्मीलाई लोकसेवा आयोगको अध्यक्षमा नियुक्तिका लागि सिफारिस गरेको हो ।

लोकसेवा आयोगको अध्यक्षका लागि सचिव शिशिरकुमार ढुंगाना र रेग्मीको नाम प्रस्ताव गरिएको थियो । प्रस्तावित संवैधानिक आयोगका पदाधिकारीको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने व्यवस्था छ । रेग्मी यसअघि लोकसेवा आयोगको पूर्वसचिव रहिसकेका छन्। उनले लोकसेवा आयोगमा आठ वर्ष बिताएका थिए ।