प्रधानमन्त्रीलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्वीप

प्रकाशित मिति:

नेकपा एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदहरूलाई ह्वीप जारी गरेको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गरेका हुन् । उनले मोबाइलमार्फत सबैलाई ह्वीप सन्देश पठाएका छन् ।

ह्वीपबारे भनिएको छ, राजनीतिक दलसम्बन्धी २०७३ को दफा २८ र नेकपा एमाले संसदीय दलको विधान २०७७ को धारा २४ बमोजिम यो ह्वीप जारी गरेको छु । बैठकमा अनिवार्य उपस्थित भएर मतदान गर्नु हुन अनुरोध गर्दछु।

नेता नेपाल पक्षले विश्वासको पक्षमा मत नदिई राजीनामा दिने तयारी गरेका बेला एमालेले ह्वीप जारी गरेको हो । ह्वीप उल्लंघन गरेको अवस्थामा पार्टीलाई सांसदबाट हटाउनेसम्मको कारबाही गर्ने अधिकार छ ।