कोषाध्यक्ष पदका उम्मेदवार राजिब प्रसाद श्रेष्ठको अपील

प्रकाशित मिति:

आदरणीय बुवा मुवा, दाजुभाई, दिदि बहिनि ,बुद्धिजिबी, समाजसेवी,एवंम मिडियाकर्मी साथिहरुलाई – म राजिब प्रसाद श्रेष्ठको नमस्कार।
मेरो जन्म ललितपुर झम्सिखेल सनेपा १९७१ मा भएको हो। मैले आदर्श विद्या मन्दिर (A.V.M) माघ्यमिक विद्यालय बाट S.L.C, र Kathmandu Valley Campus (K.U) बाट I.Sc गरी, USSR को Latvia राज्यबाट Aerospace Engineering मा masters गरेको थीए। र अमेरिकी बिस्वों बिध्यालय बाट M.B.A गर्ने अबसर मिलेको थियो। पेसागत रुपमा Aerospace Engineer हु र अमेरिकामा १९९६ देखी एसै क्षेत्रमा कारैरयत छु। अत्या आधुनिक बोईंग B787 विमानको प्रमुक प्रोजेक्ट डिज़ाइन एंजिनीर देखी लिएर, संसारकै सबैभंदा शक्तिशाली लड़ाकू विमान F35 को Life Cycle Cost Manager को कार्यभार समालदै, येस बिमानको बजेटको तर्जुमा अमेरिकी रक्षा विभाग संग गर्ने गहन ज़िम्मेदारी बहन गर्दै, अमेरिकाको Indiana राज्यमा ११ बर्स देखी बसोबास गर्दै आही रहेको छु।

हुनत समाज सेवाको कार्य मैले NAMI (National alliance of Mentally ill) San Diego CA बाट सुर गरेको ठिए, जहा मैले South Asian Community लाई सहयोग गर्ने अबसर मिल्यो। मानसिकता असंतुलन (रोग) र मदिरा को असर बारे बाल बालिका, महिला, पुरूष र परिवार माथी अाऊने समस्याका बारे हाम्रो समाज लाई नजिक बाट बूज़्ने मौक़ा मिल्यो। जब California बाट Indiana सरे,तब देखि मँ समाज सेवामा बिभिन्न स्तरमा निरन्तर संलग्न छु।मेरो सामाजिक कार्यमा संलग्नताको मुख्य कारण आफ़्नो समुदायलाई सेवागर्ने भित्री इच्छा हो। मेरो आफ्नो अनुभवहरू साझेदारी गर्दै, हाम्रो समुदायको सामाजिक, आर्थिक जीवन स्तर सुधार गर्न प्रयास हो। हाल सम्मका मेरा अनुभवहरु….
१. Co-chair STI committe NRNA USA 🇺🇸
२. Founding Ch. President Indiana NRNA USA 🇺🇸
३. Founding j. Secretary Nepalese Ass. of Indiana
४. Treasurer-Nepalese Ass. of Indiana (NAI)
५. Vice President NAI.
मैले Corporate world मा कसरी साना देखी ठुला project हरुलाई अवधारणा (concept) देखी पूर्णत्वको (completion) बाटो मा लग्ने दक्षता हासिल गरे भने, सामाजिक सेवाका क्षेत्रमा कसरी संथालाई स्थापन र बेबस्थापन गरी आर्थिक निर्भरताको बाटोमा लान सकिंन्छ भने कुराको प्रमाणित गरि सके। यही मेरो कर्पोरेट र सामाजिक कार्यको अनुभवहरूलाई संगाल्दै, आगामी गैर आवासीय नेपाली संघ राष्ट्र समन्वय परिषद, संयुक्त राज्य अमेरिकाको २०२१-२०२३ कार्यकालका लागी “कोषाध्यक्षको” पदमा उठने संकल्प गरेको जानकारी गराउन चाहान्छु।
मेरो प्रतिबद्धता:
(Team work and Less Talk, more Action)
१. NRNA USA को बिधान र Internal Revenue Service (IRS) को non profit organization को मापदण्डको परधीभित्र रही ज़िम्मेदारी (Fiduciary duty) निभाऊने छु।  २. NRNA USA का कार्यनीति र अवधारणाहरुलाई, मूर्तरूप दिन र ठोसकार्यमा परिवर्तन गर्न आर्थिक बिस्लेसन गरी प्राथमिकताका आधारमा स्रोत र साधन जुटाई, कार्यान्वयन गर्ने छु। ३. अमेरिका र नेपाल बीचको ढोहोरो कर प्रणालीलाई हटाऊँन ,अमेरिक़ी सरकार, U.S. Congress र नेपाल सरकार र ICC संग समन्वय (liaison) को पहललाई प्राथमिकता दिने छु।
४. अर्थ नीतिमा ICC संग संयोजन गरी, नेपाल सरकारलाई “Nepal foreign investment & technology transfer Act 2019” मा NRN हरुलाई विशेष प्रावधान प्रदान गरी मातृभूमिका सम्पूर्ण शुभचिन्तक NRN ले क़ानूनी तौरबाट लगानीको क्षेत्र मा सीमा बिना र न्यूनतम लगानीको सीमा बिना सामूहिक वा बेक्तिगत तवरबाट गर्ने सक्ने र लगानीको फललाई बेबस्तित तारिकबाट फरकाऊँन सक्ने क़ानूनको लाई पहल गर्ने छु।५. NRNA USA को सफलताको लागी म एनसीसी बोर्ड (NCC board), आईसीसी (ICC), State Chapter, विभिन्न स्थानीय समुदायिक संग संगठन, सरकारी/गैर सरकारी निकाय, बौद्धिक र व्यवसायिक समुदायसँगको सहयोग, सहकार्यमा दृढ विश्वास गर्दछु र यसैका आधार NRNA NCC USA को आर्थिक नीति निर्माण र कार्यान्वयन गर्नेछु।

मेरो विस्तृत बिचार कसरी NRNA NCC USA लाई आर्थिक स्थिरता र आत्मनिभर्तरताको बाटोमा लगी हामीले अमेरिककामा बसोबास गर्दै आऊनु भएका NRN हरूको सामाजिक आर्थिक जीवन (Socio Economic Status) लाइ विकसित गर्ने सकिन्छ, हाम्रो दोस्रो पूस्तालाई NRNA USA र मात्रीभूमि नेपाल संग जोड़ने पुल (bridge) कसरी निर्माण सकिन्छ र मातृभूमिको लागी के कस्ता परियोजनाको विकास गरी नेपालीको मन र विश्वास जित्न सकिन्छ भन्ने बारे सामाजिक संन्जाल मार्फ़त राख्ने छु – मलाई विश्वास छ, यहाँहरुले मेरो अनुभव, काम र सोचाईलाई मूल्यांकन गरी आउदो NRNA NCC USA को निर्वाचन मा मलाई पूर्ण साथ, सहयोग र समर्थन गर्नुहुनेछ |
धन्यवाद
राजीव प्रसाद श्रेष्ठ
जय एन आर एन ए
जय संयुक्तराज्य अमेरिका 🇺🇸
जय नेपाल 🇳🇵