आजको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति:

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९२ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४४ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७८ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।