एप्पलले आफ्नो प्लेटफर्मबाट फेसबूकको रिसर्च एप हटाइदियो

प्रकाशित मिति:

अमेरिकी कम्पनी एप्पलले आफ्नो प्लेटफर्मबाट फेसबूकको रिसर्च एप हटाइदिएको छ । यसको कारण एक रिपोर्ट थियो । उक्त रिपोर्टमा फेसबूक आफ्नो रिसर्च एपको माध्यमबाट प्रयोगकर्ताको रुट एक्सिस प्राप्त गर्नका लागि प्रयोग गरिरहेको छ । फेसबूकले प्रयोगकर्तालाई प्रतिमहिना २० अमेरिकी डलर भुक्तानी दिएर उनीहरुको डाटाहरु संकलन गरिरहेको विवरण रिपोर्टमा सार्वजनिक भएको थियो । उक्त रिपोर्ट सार्वजनिक भएपछि एप्पलले फेसबूकबाट नियम उल्लंघन भएको भन्दै फेसबूक रिसर्च एप बन्द गरिदिएको हो । एप्पले रिसर्च एप बन्दसँगै फेसबूकलाई दिएको इन्टरप्राइज सर्टिफिकेट पनि रिवोक गरिदिएको छ ।