कबिता : बा

प्रकाशित मिति:

कोरोनाको महामारीमा फ्रन्टलाइनमा खटिएका सम्पुर्ण योद्धाका पिताहरुप्रती समर्पित कबिता शिर्षक `बा´

आँखै अगाडि छटपटिदै मान्छेको मृत्यु हुँदा खेरी
भोली सम्म आँखा भरी आँसु भरिन्छ बा
के भेल पस्यो भित्र यस्तो निकाल्नै गार्हो भो
सके सम्म भेल पन्छाउने कोसिस गरिराछु बा

अरुका सन्तान दायाँ र बायाँ साथ देख्दा खेरी
मलाई सम्झी पिर्लिक्क आँसु झार्छौ होला है बा
आमाले भनेको तिमी हास्दा संसारै उज्यालो हुन्छ रे
जे सुकै परोस मुसुक्क हास्न नछाड्नु है बा

थाहा छैन यो युद्ध बाट फर्कन्छु फर्कन्न
बिन्ती सेवा छाडी घर आइजा नभन है बा
हाम्रो केही प्रयास पछी कसैको ज्यान बाच्दा खेरी
सम्झन्छु तिमिलाई मुसुक्क हास्छु आनन्द आउँछ बा

के थाहा कुन बात अनि कुन रात अन्त्य हुने हो
त्यसैले दिनमा कहिले कहिले फो गर्नी गर है बा
अपसोच यस्तो बेलामा पनि संगै हुन सकिन
मैदानमा होमिएको छ भनी चित्त बुझाउनु है बा

सेवा गर्दागर्दै पुक्लुक्क गैएछ भनेनी
एक नराम्रो सपनी भनी बिर्सिदिनु है बा
तिम्रो मुहारमा मुस्कान खुब सुहाउँछ के
आँसु झार्न भन्दा पहिले सेलुट गरे है बा ।

सुन्दर भण्डारी
स्वास्थ्यकर्मी , लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ।