बुटवलमा सोमबार २ संक्रमितको मृत्यु

प्रकाशित मिति:

बुटवल स्थित कोरोना विशेष अस्पतालमा आज २ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल ७ का ४५ वर्षीय पुरुष र तिलोत्तमा १ का ६४ वर्षीय पुरुष रहेको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । वैशाख २४ गते भर्ना भएका बुटवल ७ का पुरुषको बिहान ७ बजेर ५२ मिनेटमा मृत्यु भएको हो भने १७ गते भर्ना भएका तिलोत्तमा १ का पुरुषको ८ बजेर ४२ मिनेटमा मृत्यु भएको हो ।