वाइडबडी विमान आज अक्सिजन सिलिण्डर लिन चीन जाँदै

प्रकाशित मिति:

काठमाडौं–नेपाल एयरलाइन्सको वाइडबडी विमान चीन सरकारले सहयोग गरेको अक्सिजन सिलिन्डर र भेन्टिलेटर ल्याउन आज चीन जाने भएको छ ।

निगमका प्रवक्ता करिश्मा श्रेष्ठले ४०० थान अक्सिजन सिलिन्डर र केही भेन्टिलेटर ल्याउन विमान चीन जान लागेको बताइन् । उनका अनुसार विमान आज राति साढे ११ बजे बेइजिङतर्फ उड्नेछ ।अक्सिजन सिलिन्डर र केही थान भेन्टिलेटर लिएर निगमको विमान भोलि काठमाडौं आइपुग्ने जनाइएको छ ।