ओलीविरुद्ध अविश्वासको प्रस्ताव अगाडि बढाउने  : माओवादी केन्द्र

प्रकाशित मिति:

काठमाडौं, वैशाख २७ । माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीको विश्वासको मत प्रस्तावको विपक्षमा मत दिने निर्णय गरेको छ । संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । ओलीविरुद्ध अविश्वासको प्रस्ताव अगाडि बढाउने निर्णय पनि उक्त पार्टीले गरेको छ ।

नयाँ सरकार बनाउन कांग्रेसमा प्रतिबद्धता देखिएकाले प्रधानमन्त्रीको राजिनामा नआए अविश्वास प्रस्ताव अगाडि बढाइने उक्त पार्टीको भनाइ छ ।