गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

प्रकाशित मिति:

पोखरा । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ ।

मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि अविश्वास प्रस्तावमाथि छलफल गर्न आवश्यक नभएको भन्दै प्रदेश प्रमुख सीता पौडेलले अधिवेशन अन्त्य गरेकी हुन् । प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन अन्त्य भएको पत्र आएको गण्डकी प्रदेशसभाका सचिव हरिराज पोखरेलले जानकारी दिए ।

प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरिसकेकी छन् । मुख्यमन्त्री गुरुङले आइतबार राजीनामा दिएका थिए ।