जनताको उपचारमा सरकार गम्भीर नवनेको नेपाली कांग्रेस क्षेत्रीय सभापती हरी लम्सालको आरोप

प्रकाशित मिति:

नेपाली कांग्रेस क्षेत्र न २ का सभापति हरि लम्सालले कोरोना महामारीमा जनताले भोगेको पिंडामा मल्हम लगाउने अभिभावक नै नपाएको बताएका छन् । सोमवार एक विज्ञप्ती जारी गर्दै उनले अस्पतालहरुमा शैया, अक्सिजन र जनशक्तिको अभाव हुंदा समेत सरकारले कुनै तदारुकता नदेखाएको आरोप लगाए ।

जनता रोइरहेपनि, चित्कार गरिरहेपनि सुन्ने कोही नभएको र जनताले सरकार भएको महशुस नै गर्न नपाएको विज्ञप्तीमा उल्लेख छ । जनता आफैले महामारीसंग जुध्न विभिन्न उपाय लगाउनुपरेको र सरकारले जनताको जिवन बचाउने खोप आयातमा समेत कमिसनको चक्कर रच्नेलाई संरक्ष्ँण गरिरहेको छ, विज्ञप्तीमा भनिएको छ, सरकारले जनता बचाउने सवालमा हात उठाएको छ ।’

त्यस्तै उनले बिरामीको उपचारमा दिनरात नभनी खटिएका स्वास्थ्यकर्मीका लागि पनि अहिलेको सरकारले केही कदम नचालेको उल्लेख गरेका छन् । जनताले अभभाकत्व बहन गर्नै नसक्ने सरकार देशमा रहनु लज्जास्पद रहेको भन्दै उनले सरकारको यो रबैया सह्य नभएको बताए ।