बुटवल उद्योग वाणिज्य संघद्धारा कोभिड निशुल्क परामर्श सेवा

प्रकाशित मिति:

बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले हरेक ब्यक्ति चिकित्सकको पहुचमा पुर्‍याउने उद्देश्यले निशुल्क परामर्श सेवा सञ्चालन गर्ने भएको छ । संघका अध्यक्ष उज्ज्वल कसजुले यो कार्यक्रम मंगलबार बिहान १२ बजेबाट शुरु हुने जानकारी दिए । उनले कोरोनाको दोस्रो लहरको महामारीको बारेमा बुझ्नको लागि ३ फिजिसियन डाक्टरसंग समन्वय गरिएको जानकारी दिए ।

बिहान १२ देखि ५ को समयमा डाक्टरहरु द्वारिका प्रधान, सुशील श्रेष्ठ र सुसान्त श्रेष्ठले कोरोनाका लक्षण र गर्नुपर्ने कामको बारेमा जानकारी दिने संघले जनाएको छ । थै संघले कोरोनाको दोस्रो लहरले महामारीको रुप लिएको बताउदै यसबाट शुरक्षित रहन अपिल समेत गरेको छ । साथै कोरोना नियन्त्रणको लागि संघ हरपल तयार रहेको समेत संघले जनाएको छ ।