घाम,पानीकी छाता धन्य जननी।
अजम्बरी नाता धन्य जननी।
चुक्ता गर्न बाँकी असिम स्नेहको
उधारोकी खाता धन्य जननी।
सुख,दु:ख सन्ततिको पहिल्याउने
अन्तरमनकि ज्ञाता धन्य जननी।
जीर्णोद्धारार्थी चुहिएको मनकी
रङ्गिन् टीनकी पाता धन्य जननी।
छोरी,बुहारीको कर्तव्यबोधी
सन्तानकी माता धन्य जननी।
अाज जे छौं कसको अनुकम्पाले?
जय जन्मदाता,धन्य जननी। गजल लेखक: पूर्ण भण्डारी पवित्रदीप