बुटवलको कोरोना अस्पतालमा थप १० जनाको मृत्यु

प्रकाशित मिति:

रुपन्देहीको बुटवल स्थित कोरोना विशेष अस्पतालमा थप  १० जनाको मृत्यु भएको छ ।  अस्पतालका सुचना अधिकारी डा विष्णु गौतमका अनुसार रुपन्देहीकी ५१ वर्षीया महिलाको मंगलबार बिहान ९ बजे, प्युठान जिल्लाको गौमुखी ७ का ५० वर्षीय पुरुषको बिहान ४ बजे, कपिलवस्तुको बुद्धभुमि १ का ४० वर्षीय पुरुषको बिहान साढे १२ बजे, रुपन्देहीको बुटवल ११ का ३६ वर्षीय पुरुषको बिहान १२ बजेर ४५ मिनेटमा, ४२ वर्षीय पुरुषको ९ बजे, कन्चन गाउंपालीका ४ की ३६ वर्षीया महिलाको बिहान २ बजेर ५० मिनेटमा, मृत्यु भएको हो । त्यस्तै गएराती ,रुपन्देहीको सैनामैना ३ का ४२ वर्षीय पुरुषको ८ बजे र कपिलवस्तुको चन्दौटा ७ का ३३ वर्षीय पुरुषको राती ११ बजे गएराती ७ बजे बुटवल १७ का ७८ वर्षीय पुरुष र बुटवल १२ का ६३ वर्षीय पुरुषको राती ९ बजे मृत्यु भएको उनले जानकारी दिए ।