अध्यक्षका उम्मेदवार कृष्ण लामिछाने टिमको केन्टकीमा भव्य कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

टेक्सस । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका अध्यक्षका उम्मेदवार कृष्ण लामिछाने टिमले केन्टकीमा भब्य स्वागत तथा समर्थन पाएको छ । केन्टकीमा आयोजीत भेला तथा अन्तरक्रिया कार्यक्रममा लामिछाने टिमलाई स्थानीय विभिन्न संघसंस्थाले भब्य समर्थन गरेका हुन् । कार्यक्रममा अध्यक्ष उम्मेदवार लामिछानेसहित वरिष्ठ उपाध्यक्षका उम्मेदवार कृष्णजीवी पन्थ, उपाध्यक्षका उम्मेदवार विकास उप्रेत्ति, आइसिसी सदस्यका उम्मेदवार महेन्द्र बस्नेत, बोर्ड अफ डाइरेक्टरका उम्मेदवार कमल सापकोटालगायतका उम्मेदवारहरु सहभागि हुनुहुन्थ्यो । एनआरएनए केन्टकी च्याप्टरका उपासभापति केशव लोहनीको सभापतित्वमा सम्पन्न कार्यक्रममा अतिथिका रुपमा आइसिसी सदस्य पुरुषोत्तम बोहरा सहभागि हुनुहुन्थ्यो ।

कार्यक्रममा केन्टकी च्याप्टर सभापतिका उम्मेदवार साम्भा लामिछानेले पनि शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रम सञ्चालन नेपाली कांग्रेसका नेता प्रकास शर्माले गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष लामिछानेले आगामी दिनमा चुनावमा हारेकालाई पनि समेटेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभएको थियो । कार्यक्रममा स्थानीयबासीको बाक्लो सहभागिता थियो भने कार्यक्रम हलमा सहभागिहरु खचाखच देखिन्थ्ए । साथै लामिछाने टिमलाई भब्य स्वागत गरेका स्थानीयले आफूहरुको पूर्ण साथ र समर्थन लामिछाने टिमलाई भएको र चुनावमा जित सुनिश्चित भइसकेको भन्दै खुसी साँटासाँट समेत गरेका थिए । कार्यक्रममा अग्रज, बौद्धिक ब्यक्तीहरुको सहभागिताले कार्यक्रमको शोभा समेत बढाएको थियो । सो अवसरमा अध्यक्षका उम्मेदवार लामिछानेले आफूसँहित आफ्नो टिम चुनावमा उठ्ने कारण, उद्देश्य र भावी योजना बारेमा प्रष्ट पार्नुभएको थियो । अध्यक्ष उम्मेदवार लामछिानेले आफूहरुसँग डाक्टरको उपाधि पनि नभएको, कुनै राजनीतिक पार्टीको झण्डा पनि नभएको बताउँदै आफुहरुसँग इमानदारीता भने रहेको बताउनुभयो । आफू सानै उमेरदेखि सामाजीक कार्य गर्न लागेको बताउँदै उहाँले अहिले पनि आफ्नो बाबा कोरोना महामारीमा झोला बोकेर जनताको सेवामा खटिरहनु भएको र आफू सामाजीक कार्य गर्ने सस्कारको परिवारमा हुर्केको बताउनुभयो । आफनो टिमलाई भोट दिदा समाजमा विखण्डन हुन्छ भने नदिनुस भन्दै लामिछानेले थप्दै भन्नुभयो, ‘सामाजीक सद्भाव कायम गर्न र अमेरिकाभरि रहेका नेपाली समुदायलाई जोड्नको लागि हाम्रो उम्मेदवारी हो । मैले अमेरिबासी नेपालीको मन र मायाले चुनाव जितिसके, अंकगणीतीय रुपमा तलमाथि जे भए पनि आफू अदालत जाने लेवलको ब्यक्ती होइन, उहाँले भन्नभयो, सबैको साझा र सबैको फुलबारी बनाउनको लागि मात्र उठेको हो ।

एनआरएनए धनीहरुको क्लव होइन भनेर पनि आफ्नो उम्मेदवारी भएको बताउँदै संस्था सबै वर्गको साझा संस्था भएको बताउनुभयो । ‘अमेरिकामा आठ वर्षभित्र भित्रिएका विकृतिलाई निमिट्याउन बनाउन आवश्यक छ । यति पवित्र र सबैको ब्यारो संस्थालाई किन विवादमा ल्याइयो, हामी १८ महिना सुत्छौ र ६ महिना उठ्छौ’, उहाँले भन्नुभयो । ‘नेतृत्वमा आए भने २४ वटा स्टेटमा २४ पटक आएर सकेको काम गर्ने बाचा गर्नेछु’, उहाँले थप्दै भन्नुभयो । २००७ देखि आफू एनआरएनमा कहि न कही जोडिएको बताउँदै नेपाली नागरिकताको पहिलो डाफ्ट बनाउने मध्येको आफू पनि भएको बताउनुभयो । केन्टीको कार्यक्रम सँगै विभिन्न तीन शहरमा आयोजित शक्ती पदर्शन, भेला तथा अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भएको छ । तीनै शहरमा आयोजित कार्यक्रममा कृष्ण लामिछाने टिमको पक्षमा जनलहर उर्लदै गएको छ । विभिन्न राज्य तथा शहरमा सम्पन्न भेला तथा अन्तरक्रिया कार्यक्रममा उर्लदो जनलहरले आगामी नेतृत्वको लागि अध्यक्षका उम्मेदवार लामिछानेसहित अधिकांश उम्मेदवारहरुको पल्ला भारी हुने निश्चित प्राय भएको हो ।