‘नेपाली गुडिया’ जो ‘सारेगमप’को शीर्ष ११ मा

प्रकाशित मिति:

बुटवल १० मंसिर – नेपाल आइडलबाट नेपालभरी चर्चामा छाएकी मेनुका पौडेल यतिबेला भारतमा पनि ‘नेपाली गुडिया’ को नामले चर्चित बनेकी छिन् ।

भारतीय रियालिटी शो ‘सारेगमप’मा मेनुकाले एकपछि अर्को गर्दै उत्कृष्ट प्रस्तुती दिएकी छिन् । यससँगै उनी शीर्ष ११ मा पुगेकी छिन् ।

शनिबार रातीको एपिसोडमा कुमकुम भाग्य टेलिश्रृङ्खलामा तनुश्रीको भूमिका निभाएकी लिना जुमानी मेनुकाको समर्थनमा उपस्थित भइन् ।

मेनुकाले हिन्दी फिल्म बाजिराव मस्तानीको गीत मोहे रंग दो लाल गाएकी छिन् । मेनुकाको प्रस्तुतीपछि त्यहाँ उपस्थित सबै जुरी मेम्बर्स र जजले उभिएर ताली बजाएका थिए । उनको प्रस्तुतीमा जुरी मेम्बर्सले ९८ प्रतिशत अंक दिएका थिए ।