अक्सिजनको कोटा नबढाए बिरामी भर्ना नलीने मेडिसिटीको भनाई

प्रकाशित मिति:

काठमाडौं । अक्सिजनको कोटा निर्धारण गर्ने सरकारको निर्णयमा आपत्ति जनाउदै नेपाल मेडिसिटी अस्पतालले कोभिडका नयाँ बिरामी भर्ना नलिने घोषणा गरेको छ अस्पतालले मंगलबार एक विज्ञप्ति जारी गर्दै सीसीएमसीले निर्धारण गरेको कोटाले नयाँ बिरामी भर्ना गरेर उपचार गर्न नसकिने जनाएको हो ।

सीसीएमसीले अक्सिजनको वितरण प्रभावकारी बनाउन मेडीसीटी अस्पताललाई दैनिक १ सय अक्सिजन सिलिण्डर कोटा निर्धारण गरेको थियो । प्रत्येक दिन ४ सय पचास देखि ५ सय अक्सिजन सिलिण्डर आवश्यक पर्नेमा नेपाल सरकारबाट १ सय सिलिण्डरमात्र प्राप्त हुने जानकारी प्राप्त भएकाले छ ।’ अस्पतालका मेसु तथा प्रवक्ता डा। राज राणाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ १०० थान सिलिण्डरले कुनै पनि हालतमा उपचार गर्न सम्भव नहुने भएकाले कोभिड १९ संक्रमणका जटिल स्थितीका बिरामीहरुको नयाँ भर्ना लिन अस्पताल असमर्थ रहेका छौं ।अस्पतालले अक्सिजनको सहज आपूर्ति गर्ने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालय, सीसीएमसी र सम्बन्धित निकायसँग अपिल गरेको छ ।