सडकमा खटिएका सुरक्षाकर्मीलाई मास्क तथा सेनीटाईजर

प्रकाशित मिति:

बुटवल, २८ वैशाख– कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि फ्रन्टलाईनमा रहेर विभिन्न क्षेत्रमा काम गर्ने समुह तथा व्यक्तिहरुलाई सामाजिक तथा व्यवसायीक संघसंस्थाहरुबाट निशुल्क रुपमा स्वाश्थ्य सामाग्री प्रदान गर्ने गरिएको छ । यसैक्रममा यातायात क्षेत्रको संस्था ढुवानी व्यवसायी समिति, रुपन्देहीले बुटवल उपमहानगरपालिका भित्र रहेका सम्पूर्ण प्रहरीका इकाईहरु तथा सडकमा खटिएका सुरक्षाकर्मींहरुलाई निशुल्क माक्स तथा सेनीटाईजर दिएको छ ।

समितिले मंगलवार प्रदेश ट्राफिक कार्यालय, बुटवल इलाका प्रहरी कार्यालय, रामनगर प्रहरी चौकी तथा योगीकुटी, देवीनगर, राजमार्गचौराहा, ट्राफिकचोक, गोलपार्क, अमरपथमा रहेका अस्थाई प्रहरी पोस्ट तथा सामुदायिक प्रहरी विटमा मास्क तथा सेनीटाईजर वितरण गरेको छ । समितिका अध्यक्ष श्यामराज हमाल, वरिष्ठ उपाध्यक्ष अनिल श्रेष्ठ तथा महासचिव विष्णु गैरेसहितको टोलीले सबै स्थानमा प्रत्यक्ष उपश्थित भएर साचे सामाग्री हस्तान्तरण गरेको हो ।

त्यसअवसरमा समितिका अध्यक्ष हमालले यातायात व्यवसायीको काम गाी गुडाउने र माल बोल्ने भएतापनि अहिले विश्व माहमारिको रुपमा फैलिएको कोभिड –१९ को अवस्थामा अग्रभागमा रहेर आफ्नो निष्ठा र कर्तव्य पालना गर्ने प्रहरीहरुको जिवनरक्षाका लागि सानो सहयोग गरिएको बताउनु भयो । अध्यक्ष हमालले माहामारीका बेला हामी सबै सचेत हुनु पर्ने कुरामा जोड दिदै शान्तिसुरक्षामा खटिने क्रममा आउने समस्यालाई सरल तरिकाले सम्बोधन गर्न र सुरक्षित भएर काम गर्न आग्रह गर्नु भयो ।त्यसअवसरमा सामाग्री ग्रहण गर्दै विभिन्न क्षेत्रमा कार्यरत प्रहरीहरुले ढुवानी व्यवसायी समिति रुपन्देहीले यस्तो कार्य गरेकोमा खुसि ब्यक्त गर्दै सम्पूर्ण आम नागरिकलाई बिना माक्स बिना काम हिडडुल नगर्न आग्रह गरेका थिए । समितिले विभिन्न क्षेत्रमा मंगलवार करिव १५ हजार मुल्य बराबरको ५ हजार मास्क तथा १५ लिटर सेनिटाइजर वितरण गरेको महासचिव रामप्रसाद गैरेले बताउनु भयो । त्यसक्रममा टोलीले सडकमा डिउटीमा खटिएका सुरक्षाकर्मीहरुलाई पनि सामाग्री वितरण गरिएको वरिष्ठ उपाध्यक्ष अनिल श्रेष्ठले जानकारी दिदै आगामी दिनमा पनि आवश्यक्ता अनुसार यस प्रकारको सहयोग गर्ने योजना रहेको बताउनु भयो ।