४०० वटा अक्सिजन सिलिन्डर चीनबाट आयो

प्रकाशित मिति:

काठमाडौं । चीनको बेइजिङबाट ४०० वटा अक्सिजन सिलिन्डर बोकेर नेपाल एयरलाइन्सको जहाज काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ । नेपाल एयरलाइन्सका महाप्रबन्धक डीम प्रकाश पौडेलका अनुसार यो जहाजले ४०० सिलिन्डर, १६० वटा अक्सिजन कसन्टेटर, १० थान भेन्टिलेटर गरि करीब ३० टन सामान बोकेर काठमाडौं ल्याएको छ ।

यो उडानमा चार पाइलटसहित चालक दलका १४ सदस्य सहभागी थिए । यी सामान आएसँगै थप सामान लिन नेपाल एयरलाइन्सको जहाज तयारी हालतमा रहने समेत उनले जानकारी गराएका छन् ।चीनले अनुदानमा दिएका २० हजार अक्सिजन सिलिन्डरमध्ये ४०० आज आएको हो ।