काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाईने

प्रकाशित मिति:

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले सोबारे जानकारी दिएका हुन् ।

साथै, निजी अस्पतालहरूलाई पनि एक तिहाइ बेड ननकोभिडको लागि छुट्याएर बाँकी बेडहरू कोभिडको लागि प्रयोग गर्न निर्देशन दिएको अर्यालले बताए ।संक्रमितहरूको चापलाई मध्यनजर गर्दै पाटन, थापाथली प्रसूति गृह, ट्रमा सेन्टर, टिचिङ अस्पताल, वीर अस्पताललगायतका सबै सरकारी कोभिड अस्पताल बनाउने निर्णय गरेको उनले बताए ।

बेड अभाव र सहज उपचारको व्यवस्था मिलाउन यस्तो निर्णय गरिएको अर्यालको भनाई छ ।