बुटवल । रुपन्देहीमा थप ५ सय ५६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीमा पछिल्लो २४ घण्टामा ८ सय १८ जनाको आरटिपिसिआर परिक्षणबाट ५ सय ५६ जनामा कोरोना पुष्टि भएको हो । यस संगै रुपन्देहीमै कुल सक्रिय संक्रमितको संख्या ६ हजार ५ सय ३० जना पुगेको छ ।
बुटवल उपमहानगर पालिकामा सबै भन्दा बढी ८९ जना महिला र ९० जना पुरुष गरि १ सय ७९ जना संक्रमित भएका छन् । यस्तै तिलोत्तमा नगरपालिकामा ५२ महिला र ४७ पुरुष गरि ९९ जना, सिद्धार्थनगर नगर पालिकामा ५३ महिला र ६७ पुरुष गरि १ सय ३० जना, ओमसतिया गाउँपालिकामा ११ जना महिला र १४ जना पुरुष गरि २५ जना, देवदह नगरपालिकामा १२ जना महिला र ७ जना पुरुष गरि १९ जना रहेका छन् ।
यस्तै सियारी गाउँपालिकामा १७ जना महिला र २५ जना पुरुष गरि ४२ जना, मायादेवी गाउँपालिकामा १ महिला र १४ पुरुष गरि १५ जना संक्रमित भएका छन् ।
रुपन्देहीमा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको हो । यो सँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्युहुनेको संख्या २ सय ९३ जना पुगेको छ ।