कोरोना संक्रमणबाट प्रदेशसभा सदस्य चौलागाईँको मृत्यु

प्रकाशित मिति:

बुटवल । कोरोना संक्रमणबाट वागमती प्रदेश सभा सदस्य तथा नेकपा एमालेका नेता पशुपति चौलागाईंको निधन भएको छ । कोरोना संक्रमणपछि केही दिनदेखि मनमोहन अस्पतालमा उपचार गराइरहेका चौलागाईंको मंगलबार साँझ निधन भएको एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए ।

एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका दोलखाका चौलागाईं दोलखा (ख) बाट वागमती प्रदेश सभा सदस्यमा निर्वाचित सांसद हुन् । चौलागाईंका श्रीमती, एक छोरा र दुई छोरी छन् । श्रीमती र एक छोरीलाई पनि कोरोना पोजेटिभ देखिएका कारण उनीहरु होम आइसोलेसनमा छन् ।