स्थानिय संघ संस्था र एनआरएनए

प्रकाशित मिति:

मानविय स्वभाव, प्राकृतिक रुपमानै एक स्थानवाट अर्को स्थानमा खोज, सुविधा र अवसर का लागि चाहारि रहने प्राणी हो। आदिम कालमा खानाको खोजि र सुरक्षा का दृश्टिकोण ले हुने वसाई सराई ,उध्योगिक युग मा आईपुग्दा उध्योग र विकास का लागि भिन्न भिन्न देशमा कब्जा गर्ने र साधन श्रोत माथि धावा वोल्न हुने गरेको पाईन्छ । पहिलो र दोस्रो विश्व युद्ध का कारण वा शितयुद्द पछि अध्ययन , अनुसन्धान का लागि मानव संसाधन लाई आकर्षक गर्ने होडबाजी ले विश्व मा मानिस हरुको लागि भुगोल को सिमा नै रहेन, ज्ञान ,सीप र क्षमता को खोजिमा मानिस हरु पनि एक स्थान वाट अर्को स्थान मा पुग्न थाले।

शितयुद्द पछि विश्व ब्यापि मानविय संसाधन लाई आकर्शित गर्ने होडवाजि नै चल्यो, फुलब्राईट, रसियन प्लान, कोलम्बो प्लान मात्रै हैन,, साना ठुलादेश देशले भिन्न भिन्न क्षमता का मानिसलाई फरक फरक ढंगले आकर्शित गर्ने होडवाजि ले नेपाल पनि अछुतो रहन सकेन र मुख्य त ७०-८० को दशक वाट शुरुभएको नेपाली को आप्रवासन ,मुख्य रुपमा ९० को दशक अाउदा नआउदै विश्व राजनिती मा भएको परिवर्तन ,द्वन्द्व तथा विश्ववजारिकरण का कारण श्रृजित श्रम आपूर्ति का लागिपनि हुन थाल्यो ।

मानविय स्वभाव , जति टाढा भएपनि देशको माया , भाषा र संस्कृति , रहन सहन मात्रै हैन चाडवाड र मेला पर्व मनाउन का लागि पनि समान संस्कार का मानिसहरु एक पछि जोडिदै गयोैं , अर्थात यसैलाई हामी कम्युनिटि भन्दछोैं। विदेश भएका नेपाली लाई एक आपसमा जोड्न यस्ता संस्थाहरु ले ३ दशक भन्दा लामो योगदान दिएका छन् र अझैपनि दिने नै छन्। सामुहिक रुपमा भाशा ,संस्कृति जोगाउने मात्रै हैन मर्दा र पर्दा र नेपालमा मानविय अावस्यकता मा पनि यिनै संस्थाहरुको भुमिका अतुलनिय रहदै आएको छ । अन्तरास्टिय रुपमा नेपाली हरुको हित को लागि वैधानिक संस्था एन आर एन को स्थापना पछि भने कता कता स्थानिय नेपालि संस्था र एन आर एन को भुमिका माथि कता कता भ्रम पनि सृजना भएको पाईन्छ ।

अमेरिका कै सन्दर्भमा पनि कति नेपाली संस्था हरुले ३ दशक देखि नेपाली लाई एक सुत्रमा वाधेका छन् र एन आर एन भन्दा प्रभावकारी रुपमा काम गरेको पाईन्छ । कतिपय शहर हरुमा जनसंख्या र नेपाली हरुको विविधता झल्काउने गरि भिन्न भिन्न जातिका वा क्षेत्र वा जिल्ला का संस्था पनि छन् यस्ता संस्था समग्रमा नेपाली लाई परदेश मा जोड्ने नै काम गरेका छन् , तैपनि वैधानिक रुपले नेपाल सरकार र उसको राजदुतावास ले कानुनत पहिचान गर्ने भनेको एन आर एन नै हो। कतिपय अवस्थामा स्थानिय संस्था र एन आर एन लाई कसरी अझै सवन्वयकारि वनाउन सकिन्छ भन्ने वारेका भिन्न भिन्न छलफल नभएका मात्रै हैनन्,, यसले धेरै भ्रम पनि चिरिसकेको अवस्था छ,,तेसैले, स्थानिय संस्था काममा प्रभावकारी हुने हुनाले सदस्य ता वनाउन भुमिका दिने,, ५० भन्दा वढि मानिस मिलि वनेको जुनसुकै , स्थानिय संस्था लाई पदेन रुपमा स्थानिय एनआरएन बोर्ड मा सदस्य को रुपमा ग्रहण गर्ने र एन आर एन ले वैधानिक रुपमा, सरकार वा गैरसरकारी संस्था एवं अल्पसंख्यक उत्थान का आर्थिक श्रोत को खोजि गरि ,, स्थानिय संस्था लाई प्रदानगरि अझै प्रभावकारि वनाउन सकिन्छनेपाल बाहिर नेपाल खोज्न का लागि सबैको सहभागिता र प्रभावकारीता जरुरि छ। कतिपय अबस्थामा एक अर्को को अभाव र समन्वय को अभाव र भ्रम लाई चिर्दै अनि वैधानिक वाटो सुधार गर्दै गएमा,, सवै गैरअावासिय नेपालि (रजिस्टर वा गैर रजिस्टर) ले अपनत्व हुने ,अविछिन्न संस्था वन्न सक्छ।
जय नेपाल । जय एनआरएन।

प्रदिप पोैडेल – वोर्ड अफ डाईरेक्टर उमेदवार – एनआरएनए अमेरिका २१-२३