अमेरिकाका तीन राज्यले इन्धनको अभाव देखाउँदै सङ्कटकाल घोषणा

प्रकाशित मिति:

अमेरिकाका तीन राज्यहरू क्रमस जर्जिया, उत्तर भर्जिनिया र उत्तर क्यारोलाइनाले इन्धनको अभाव देखाउँदै सङ्कटकाल घोषणा गरेका छन् ।गत शुक्रबार अमेरिकाको सबै भन्दा ठूलो इन्धन नली मार्गमा साइबर साङ्गणिक आक्रमण भए पछि अस्थायी रुपमा बन्द गर्न बाध्य भए पछि इन्धन आपूर्तिमा संकट देखिए पछि इन्धन चौकीहरुमा भिड लाग्न सुरु भएको छ ।

यी राज्यका सबै इन्धन चौकीहरुमा सवारी साधनका ताती लागेका छन् । कोलोनियल पाइपलाइन नलीमार्ग जुन टेक्ससको ह्युस्टनबाट दैनिक १० करोड ग्यालन पेट्रोल र अन्य ईन्धन न्यूयोर्कको बन्दरगाहमा परिवहन गर्दछ । साइबर साङ्गणिक आक्रमण भएको गत शुक्रबार पत्ता लगाएको र सञ्चालन रोक्न लगाएको थियो । कोलोनिएलले गत शुक्रबार “यो मामलालाई बुझ्न र समाधान गर्न कदम चालेको ” बताएको थियो । गत सोमबार सांझ नर्थ क्यारोलाइनाका गभर्नर रोय कुपरले इन्धनको संकटकाल घोषणा गरे पछि गत मंगलबार २ बजे भर्जिनियाका गभर्नर गभर्नर राल्फ नोर्थमले एक बिज्ञप्ति निकाली इन्धन संकटकालको घोषणा गरेका छन् ।

त्यसै गरि जर्जियाले पनि इन्धनको सम्भावित अभाव देखिने भए पछि संकटकाल घोषणा गरिएको छ । इन्धनको अभाव भए पछि एएएका अनुसार ६ बर्षमा पहिलो पटक राष्ट्रिय स्तरमा अहिले सम्म कै उच्च मूल्य प्रति ग्यालन २.९८५ डलर पुगेको समाचार सिएनएनले प्रकाशित गरेको छ । उनीहरुले इन्धनमा संकटकाल घोषणा गरेका हुन् ।