कांग्रेस नेता बस्नेतले दिए संक्रमितलाई अस्पताल पुर्‍याउन निजी गाडी

प्रकाशित मिति:

काठमाडौं, वैशाख २९ : नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकका कोरोना संक्रमितलाई अस्पताल पुर्याउन आफूसँग भएको निजी गाडी दिने भएका छन् ।

बस्नेतले निजी गाडी एक वर्षसम्म सञ्चालनका लागि चालकको तलव, भत्ताका साथै इन्धन खर्चसमेत व्यवस्था आफैँले गर्ने बताएका छन्। उनले फेसबुकमा स्टाटस लेख्दै फिर्ता नलिने गरी गाडी दिन लागेको बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्– ‘असल कामको थालनी आफैँबाट गर्नुपर्छ, सोहीअनुसार मसँग भएको जिप फिर्ता नलिने गरी सिन्धुपाल्चोकका कोरोनाका बिरामी तथा अन्य रोगका बिरामीलाई सहजरुपमा अस्पताल पुर्‍याउन प्रयोग गर्न दिनेछु । कोरोना महामारीमा ध्यान राखेर एक वर्षसम्म जिप सञ्चालन खर्चसमेत व्यवस्था सञ्चालक समिति बनाएर गरिनेछ ।’