बुटवलमा थप ६ जनाको मृत्यु

प्रकाशित मिति:

वैशाख २९ । रुपन्देहीको बुटवल स्थित कोरोना विशेष अस्पतालमा थप ६ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ पुरुष र १ महिला रहेका छन् ।

मंगलबार अस्पताल भर्ना भएकी ७० वर्षीया महिलाको बुधबार बिहान ७ बजेर ५२ मिनेटमा र २४ गते भर्ना भएका ५७ वर्षीय पुरुषको बिहान ५ बजेर ५२ मिनेटमा मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा. विष्णु गौतमले बताए । त्यसअघि गएराती ४ जनाको मृत्यु भएको थियो । उनका अनुसार मंगलबार भर्ना भएका ३८ वर्षीय पुरुषको राती ११ बजे, २६ गते भर्ना भएका ३५ वर्षीय पुरुषको साढे ६ बजे, २६ गते भर्ना भएका ५२ वर्षीय पुरुषको सांझ साढे ५ बजे र २८ गते भर्ना भएका ४४ वर्षीय पुरुषको सांझ ७ बजे मृत्यु भएको हो ।

उनीहरु मध्ये ५ जना अस्पतालको आकष्मिक कक्ष र १ जना एचडीयुमा उपचाररत रहेका थिए ।