४ बजेपछि अक्सिजन दिन नसक्ने युसिएमएसको भनाई , अक्सिजन आफै व्यवस्थापन गर्न आग्रह

प्रकाशित मिति:

बुटवल । रुपन्देहीको युनिभर्सल कलेज अफ मेडिल साइन्सेज शिषण अस्पतालमा अक्सिजन अभाव चुलीएको छ । अक्सिजन आपुर्तीका लागि पहल गर्दागर्दै उपाय नलागेपछि बिरामीलाई स्वयं अक्सिजन व्यवस्थापन गर्न अस्पतालले सुचना जारी गरेको छ । सुचनामा बुधवार दिउंसो ३÷४ बजेसम्म मात्र अक्सिजन आपुर्ती गर्न सकिने भएकाले त्यसपश्चात अक्सिजनको आफै व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ ।

अक्सिजन आपुर्तीका लागि १ हप्ता अगाडिदेखि अहोरात्र खटिई विभिन्न उपाय अवलम्बन गर्दा समेत आपुर्तीमा कठिनाई भएको छ, यहांका सबै उद्योगबाट मात्र नपुगी अन्य जिल्लादेखि समेत पहल गर्दा अक्सिजन पुर्याउन नसकेकाले यो समस्याबाट हुनसक्ने भवितव्यलाई मध्यनजर गरी स्वयम अक्सिजन व्यवस्थापन गर्न आग्रह गर्दछौं, सुचनामा भनिएको छ, अक्सिजन आपुर्तीका लागि सम्बन्धित सरोकारवालासंग अस्पताल पुन : ध्यानाकर्षण गराउन चाहन्छ ।’ अस्पताल प्रशासनले यो अवस्थाबाट पर्न सक्ने असुविधाका लागि क्षमाप्रार्थी रहेको समेत जनाएको छ ।