अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाव दियो

प्रकाशित मिति:

वैशाख, काठमाडौं । अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाव दिएको छ । नेपालमा कोरोना भाइरस कोभिड–१९ को संक्रमण ठूलो संख्यामा बढिरहेको अवस्थामा अमेरिकाको विदेश मन्त्रालयले नेपाललाई लेभल फोरमा अर्थात् भ्रमण नगर्न सुझाव दिने देशको सूचीमा राखेको छ ।

नेपालले यसअघि नै सबै अन्तर्राष्ट्रिय उडान बन्द गरिसकेको छ । यस्तोमा नेपालस्थित अमेरिकी दूतावासले सरकारसँग नेपालमा रहेका आफ्ना नागरिकलाई चार्टर्ड विमानको सहयोगमा अमेरिका लैजाने प्रस्ताव गरेको छ । तर, यस विषयमा सरकारले कुनै जवाफ नदिएको दूतावासले बताएको छ ।