प्रदेशसभा सदस्य थापालाई जनमोर्चाले सोध्यो स्पष्टीकरण

प्रकाशित मिति:

काठमाडौं, वैशाख २९ । पार्टीको निणर्य विपक्षी गठबन्धनलाई सरकार गठनमा सहयोग नगर्ने गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई राष्ट्रिय जनमोर्चा स्पष्टीकरण सोधेको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजिनामा दिएपछि नयाँ सरकार गठनका लागि कांग्रेस, माओवादी र जसपा गठबन्धनलाई सहयोग नगरेपछि जनमोर्चाले थापालाई स्पष्टीकरण सोधेको छ।

थापाले समर्थन गरेपछि गण्डकी प्रदेशमा कांग्रेस, माओवादी र जसपाको संयुक्त सरकार नबन्ने देखिएको छ। पार्टीको निर्णय उल्लंघन गरेको भन्दै संसदीय दलका नेतासमेत रहेका थापालाई एक घण्टाभित्र स्पष्टीकरण केन्द्रीय कार्यालयमा बुझाउन जिनमोर्चाले निर्देशन दिएको छ।सांसद थापाले मंगलबार बसेको जनमोर्चाको संसदीय दलको बैठकमा विपक्षी गठबन्धनको पक्षमा हस्ताक्षर नगर्ने बताएका थिए।

नयाँ सरकार गठनको लागि गठबन्धनलाई ३१ जनाको हस्ताक्षर पुर्‍याउनुपर्छ । गण्डकीमा कांग्रेसका १५, माओवादीका १२ र जसपाका २ जना छन् । तीन दिनभित्र विपक्षी दलहरुले बहुमतसहित दाबी गर्न सकेनन् भने गरुङकै नेतृत्वमा अल्पमतको सरकार बन्नेछ ।