गण्डकी प्रदेशमा कृष्णचन्द्र नेपालीको मुख्यमन्त्रीमा दाबी

प्रकाशित मिति:

पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपालीले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न आग्रह गरेका छन् ।

बुधबार प्रदेश प्रमुख सीता नेपालीलाई पत्र लेखी उनले आफूलाई नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका १२ सभामुखसहित, राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टी २ सांसदको समर्थन रहेको उल्लेख गरेका छन् । प्रदेशसभामा मुख्यमन्त्री नियुक्त हुन ३१ सांसदको समर्थन आवश्यक पर्छ ।