अक्सीजन सकीएपछी कोरोना अस्पताल बुटवलमा ५ जनाले ज्यान गुमाए

प्रकाशित मिति:

रुपन्देहीको बुटवल स्थित कोरोना विशेष अस्पतालको आइसियुमा अक्सिजन सकिएपछि ५ जनाको मृत्यु भएको छ । अस्पतालको आइसियु कक्षमा उपचाररत बिरामीको मृत्यु भएको सुचना अधिकारी डा. विष्णु गौतमले बताए ।

मृत्यु हुनेमा १ महिला र ४ पुरुष रहेका छन् । अक्सिजनको अभावमा २९, ५२, ५द्ध, ४४ र ५२ वर्षीय संक्रमितको मृत्यु भएको उनले जनाए । अब अक्सिजन नआए अस्पतालमा रहेका सबै बिरामीको ज्यान जोखिममा रहेको भन्दै उनले यसअघि पनि पटकपटक जानकारी गराउंदै आइसियु र एचडीयुमा जसोतसो व्यवस्थापन गरिएपनि अहिले स्थिती नियन्त्रण बाहिर गरएको बताए ।