प्रधानमन्त्रीज्यू धरहराबाट के के देख्नुभयो? बिरामी बुवाआमाका लागी अक्सिजनको खोजीमा भौतारीएका छोराछोरी देख्नुभयो कि नाई?

प्रकाशित मिति:

प्रजापाल गिरी । आज बिहान मोबाइलमा घण्टी बज्यो एकजना आचार्य थरका मेरो मित्रको, त्यस लगत्तै अर्को फोन उठाए मित्र थानिश्वरजीको दुबैको एउटै कुरा थियो । मेरो यो सम्बन्धको कोभिड बिरामी अस्पतालमा हुनुहुन्छ। डाक्टरले अक्सिजनको व्यवस्था गर्न भन्नुभएको छ, सहयोग चाहियो ।

अक्सिजन जस्तो संबेदनसिल बिषयको व्यवस्थापन गर्न बिरामी को कुरुवालाई भन्नुपर्दा डाक्टर र अस्पताल विवस छन् , लाचार छन् । अक्सिजन प्लान्टवाला एक होईन धेरै मित्र सङ्ग कुरा गरे उनिहरुको आफ्नै बिवसता छ । यस्तो बेला म बिचरा लाचार हुनु त स्वभाविकै भैगयो ।
फर्केर घर आउँदा प्रधानमन्त्रीले हिजो संसदमा विश्वासको मत माग्दा गरेको भाषण हेर्दै हुनुहुँदोरैछ बुवा। मेरा पनि कान,आँखा रोकिए प्रधानमन्त्रीको भाषणमा । प्रम ओलि मुसुक्क हाँसेर भन्दै हुनुहुन्थ्यो धरहरा बन्यो मैले चढे, तपाईंहरुलाई बिस्वास नलागे गएर चढ्नुहोस । संसद भवन टेबल ठोकाईले गुन्जियो ।

प्रधानमन्त्री झन हौसिए । धरहराको टुप्पोमा पुगेका प्रधानमन्त्रीलाई सोध्न मन लाग्यो प्रधानमन्त्रीज्यू धरहराबाट के के देख्नुभयो रु सडकमा आफ्ना बिरामी बुवाआमाका लागी अक्सिजनको खोजीमा भौतारीएका छोराछोरी देख्नुभयो कि नाई रुअस्पताल र अस्पतालमा उपचार का लागि शैयाको खोजिमा हिडेका नागरिक देख्नुभयो कि भएन रु आईसियु र भेन्टिलेटरको खोजीमा दौडिएका लाचार नेपालीहरुलाई देख्नुभयो कि भएनरु भोकैनाङ्गै छाना र खाना को खोजीमा एकोहोरीएका विवस गरिब नेपाली देख्नुभयो कि भएन रु भरिभराउ शववाहन र एम्बुलेन्सको ताँती देख्नुभयो कि भएन ? प्रधानमन्त्रीज्यू हामी जस्तै निरीह नागरिकले देखेका र भोगेका ति कारुणीक घटना जो सिंहदरबारबाट देख्नुभएन धरहराको टुप्पोबाट देख्नुभएको भए धन्यवाद अन्यथा प्रधानमन्त्रीज्यू धरहराको टुप्पोबाट पनि उहि सिंहदरबार र बालुवाटार मात्र देख्नुभएको भए तपाईंको दृष्टिमा दोष हुनेछ ? प्रधानमन्त्रीज्यू तपाईं अहिले धेरै शक्तिशाली हुनुहुन्छ । तपाईं बिना मौजुदा नेपाली राजनीति अघि बढ्ने सम्भावना पनि कम छ तसर्थ अहंकारको धरहराबाट ओर्लेर गौरवको धरहरा निर्माण का लागि हातेमालो गर्नुहोस् ।