एमाले नेता भिम रावलले भने – केपी ओलीलाई फेरी पदमा पुग्न नदीन सामुहीक राजीनामा गर्नु पर्छ

प्रकाशित मिति:

काठमाडौं, वैशाख २९ –  एमाले उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री केपी ओलीलाई पुनः पदमा पुग्न नदिन पार्टीको नेपाल–खनाल समूहले सांसद पदबाट राजिनामा गर्नुपर्ने बताएका छन् । आफ्नो ट्विर ह्यान्डल ‘भीमरावल१७९’मार्फत उनले सांसद पदबाट राजिनामा गर्ने विषय राजनीतिक नैतिकता र कानूनी दृष्टिबाट उचित हुने तर्क गरेका छन् ।

‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ। थप राष्ट्रिय हित, पार्टी विधानविपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रम केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ,’ उनले लेखेका छन्, ‘त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ। यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ।’